दफा
समितिको कोष

८. समितिको कोष

(१) समितिको एउटा छुटृै कोष हुनेछ र कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकार बाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरुप प्रदान गरेको रकम ।
(ग) अन्तर्राष्ट्रिय सङ्घ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।
(घ) समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुन आउने रकम ।
(ङ) समितिलाई काठमाडौं जिल्ला विकास समिति, वा काठमाडौं महानगरपालिकाबाट प्राप्त अनुदान रकम र
(च) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकार को स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा रहने रकम नेपालको कुनै बैंङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।
(५) समितिको खाता सदस्य–सचिव र अध्यक्ष वा निजले तोकेको सदस्यको संयुक्त  दस्तखतबाट सञ्चालन हुनेछ ।